२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता

२०७८, ३० आश्विन शनिबार ०३:०५

असोज ३०, काठमाडौँ | एजेन्सी | कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।


महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड । फाफ डुप्लेसिसले ६१ रन जोडे । गायकवाड ३२ रन बनाएर आउट भए पनि प्लेयर अफ द म्यान चुनिएका डुप्लेसिसले विस्फोटक पारी खेल्दै ५९ बलमा ८६ रनको योगदान दिए । त्यस्तै, रोबिन उथप्पाले ३१ र मोइन अलीले नटआउट रहँदै ३७ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो ।

जवाफी ब्याटिङमा उत्रेको कोलकाताले पनि राम्रो शुरुवात गरेको थियो । ओपनरद्वय शुभमन गील र वेंकटेश अय्यर दुवैले अर्धशतकीय पारी खेले । गीलले ५१ र अय्यरले ५० रन बनाए । तर ११ औँ ओभरमा अय्यर आउट भएपछि कोलकाताको पतन शुरु भयो । मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको अन्त्यतिर शिवम माभीले २० तथा लोकी फर्गुसनले १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

कोलकाताको पारी ध्वस्त पार्न शार्दूर ठाकुरले ३ तथा जस हेजलवुड र रवीन्द्र जडेजाले २–२ विकेट लिए । चेन्नईका ओपनर गायकवाडले यो सिजन सर्वाधिक रन बनाउँदै ओरेन्ज क्याप जित्न सफल रहे । मात्र २४ वर्षका उनी ओरेन्ज क्याप जित्ने सबैभन्दा युवा खेलाडी हुन् । यसअघि यो कीर्तिमान पञ्जाब किंग्सका शन मार्सको नाममा थियो । उनले २५ वर्षको उमेरमा यो जितेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल