४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता

३० आश्विन २०७८, शनिबार ०३:०५

असोज ३०, काठमाडौँ | एजेन्सी | कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।


महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड । फाफ डुप्लेसिसले ६१ रन जोडे । गायकवाड ३२ रन बनाएर आउट भए पनि प्लेयर अफ द म्यान चुनिएका डुप्लेसिसले विस्फोटक पारी खेल्दै ५९ बलमा ८६ रनको योगदान दिए । त्यस्तै, रोबिन उथप्पाले ३१ र मोइन अलीले नटआउट रहँदै ३७ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो ।

जवाफी ब्याटिङमा उत्रेको कोलकाताले पनि राम्रो शुरुवात गरेको थियो । ओपनरद्वय शुभमन गील र वेंकटेश अय्यर दुवैले अर्धशतकीय पारी खेले । गीलले ५१ र अय्यरले ५० रन बनाए । तर ११ औँ ओभरमा अय्यर आउट भएपछि कोलकाताको पतन शुरु भयो । मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको अन्त्यतिर शिवम माभीले २० तथा लोकी फर्गुसनले १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

कोलकाताको पारी ध्वस्त पार्न शार्दूर ठाकुरले ३ तथा जस हेजलवुड र रवीन्द्र जडेजाले २–२ विकेट लिए । चेन्नईका ओपनर गायकवाडले यो सिजन सर्वाधिक रन बनाउँदै ओरेन्ज क्याप जित्न सफल रहे । मात्र २४ वर्षका उनी ओरेन्ज क्याप जित्ने सबैभन्दा युवा खेलाडी हुन् । यसअघि यो कीर्तिमान पञ्जाब किंग्सका शन मार्सको नाममा थियो । उनले २५ वर्षको उमेरमा यो जितेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ