७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी एसियन कप छनोट खेल्ने फुटबल टोलीको बिदाइ, को-को छन् टिममा ?

१ कार्तिक २०७८, सोमबार १२:३९

कात्तिक १, काठमाडौं | अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान गर्ने नेपाल  यू-२३ टोलीलाई बिदाइ गरेको छ । 

सोमबार साझ एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकारीले बिदाई गरे । 

२३ जना खेलाडी र १२ जना अफिसियलको टोली छनोट खेल खेल्न बुधबार (भोलि) बिहान ९ बजे आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । 

प्रशिक्षक बाल गोपालले घोषणा गरेको टोलीमा ११ खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् । शनिबार समापन भएको साफ खेल्ने टोलीबाट यू-२३ टोलीमा छ जना खेलाडी रहेका छन् । 

हाल मनीष डाँगी, आयुष घलानसँगै सुरज जिउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल राष्ट्रिय टोलीमा छन् । 

यस्तै, अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक बिष्ट भने हालको टोलीबाट बाहिर रहेका छन् । विशालबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्युसमेत गरिसकेका छन् । 

एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, आयोजक ताजकिस्तानसँग २८ अक्टोबरमा तथा ३१ अक्टोबरमा लेबनानलाई चुनौती दिनेछ । 


नेपाली टोली:

गोलरक्षक- अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल 

डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो