२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी एसियन कप छनोट खेल्ने फुटबल टोलीको बिदाइ, को-को छन् टिममा ?

२०७८, १ कार्तिक सोमबार १२:३९

कात्तिक १, काठमाडौं | अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान गर्ने नेपाल  यू-२३ टोलीलाई बिदाइ गरेको छ । 

सोमबार साझ एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकारीले बिदाई गरे । 

२३ जना खेलाडी र १२ जना अफिसियलको टोली छनोट खेल खेल्न बुधबार (भोलि) बिहान ९ बजे आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । 

प्रशिक्षक बाल गोपालले घोषणा गरेको टोलीमा ११ खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् । शनिबार समापन भएको साफ खेल्ने टोलीबाट यू-२३ टोलीमा छ जना खेलाडी रहेका छन् । 

हाल मनीष डाँगी, आयुष घलानसँगै सुरज जिउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल राष्ट्रिय टोलीमा छन् । 

यस्तै, अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक बिष्ट भने हालको टोलीबाट बाहिर रहेका छन् । विशालबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्युसमेत गरिसकेका छन् । 

एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, आयोजक ताजकिस्तानसँग २८ अक्टोबरमा तथा ३१ अक्टोबरमा लेबनानलाई चुनौती दिनेछ । 


नेपाली टोली:

गोलरक्षक- अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल 

डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल