४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित

३ कार्तिक २०७८, बुधबार ०३:२६

कात्तिक ३, काठमाडौं | बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो ।

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजापतीले  २१ रन बनाए ।

बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ विकेट लिए । स्पिनर सकिब अल हसनले ३ विकेट लिए ।

यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा १५३ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले सर्वाधिक ६४ रनको योगदान दिए । सकिब अल हसन ४२ रनमा रन आउट भए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले ३ विकेट लिए । अर्का तीव्र गतिका बलर फैज बुटले ३ विकेट लिए ।

समूह बी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ ।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समान १ खेल खेल्दा श्रीलंका २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको २ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स र नामिबिया अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ