७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकपमा छनोट

४ कार्तिक २०७८, बिहीबार ०२:३४

कात्तिक ४, काठमाडौं | श्रीलंका आइसिसी टी-ट्वाण्टी  विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह 'ए'बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने  पहिलो टोली बनेको छ ।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा  १ सय १ रनमा अल आउट भएपछि श्रीलंका छनोट भएको हो ।

आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रनको योगदान दिए । कर्टिस क्याम्फरले २४ रन बनाए ।

श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा  ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए ।

यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर पाथुम निसंकाले ६१ रन जोडे  ।


आयरल्यान्डका तीब्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा  ४ विकेट लिए ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह 'बी'मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् ।

पहिलो चरणको समूह 'ए' र 'बी'बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह 'ए' मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह 'ए'को विजेता र समूह 'बी' को उपविजेता रहनेछन् ।

समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता रहनेछन् ।

शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या