२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकपमा छनोट

२०७८, ४ कार्तिक बिहीबार ०२:३४

कात्तिक ४, काठमाडौं | श्रीलंका आइसिसी टी-ट्वाण्टी  विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह 'ए'बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने  पहिलो टोली बनेको छ ।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा  १ सय १ रनमा अल आउट भएपछि श्रीलंका छनोट भएको हो ।

आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रनको योगदान दिए । कर्टिस क्याम्फरले २४ रन बनाए ।

श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा  ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए ।

यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर पाथुम निसंकाले ६१ रन जोडे  ।


आयरल्यान्डका तीब्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा  ४ विकेट लिए ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह 'बी'मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् ।

पहिलो चरणको समूह 'ए' र 'बी'बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह 'ए' मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह 'ए'को विजेता र समूह 'बी' को उपविजेता रहनेछन् ।

समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता रहनेछन् ।

शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल