७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित

७ कार्तिक २०७८, आईतवार १७:४६

कात्तिक ७, काठमाडौँ | एजेन्सी | ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हाँशिल गरेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित भएको हो ।

खेलमा जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा बिना कुनै विकेट पूरा गर्न सफल भयो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे भने अर्का ओपनर मोहम्मद रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे ।

बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् । पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए ।


दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । खेलमा भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । 

युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमै एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए । त्यस्तै अफ्रिदीले तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर केएल राहुललाई ३ रनमा बोल्ड आउट गरे ।

त्यस्तै भारतको तेश्रो विकेटको रुपमा बलर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भए । भारतको चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गरे । तर उक्त साझेदारीलाई स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा आउट गर्दै तोडे । त्यसपछि आएका रविन्द्र जडेजा १३ बल खेल्दै १ चौका सहित १३ रनमा क्याच आउट भए । त्यस्तै हार्दिक पान्ड्या ८ बलमा २ चौका सहित १२ रनमा आउट भए । 


त्यस्तै अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट, हसन अलीले २ विकेट, हरिस रौफले १ विकेट र शादब खानले १ विकेट लिए ।

यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जुन खेलहरुमा भारतले पाकिस्तानलाई लगातार पराजित गर्दै आएको छ । तर आजको जितसँगै पाकिस्तानले भारतसँग निरन्तर हारको सृंखला तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या