२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट: पाकिस्तानसँग हारसंगै भारतलाई अर्को झट्का

२०७८, ८ कार्तिक सोमबार ०४:३३

कात्तिक ८, काठमाडौं | यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ । भारतका मुख्य खेलाडी हार्दिक पाण्ड्या घाइते भएका छन् । आइतबार भएको खेलमा ब्याटिङको क्रममा पाण्ड्या घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ । 

बीसीसीआईका अनुसार पाण्ड्याको काँधमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो । पाण्ड्याले पाकिस्तानविरुद्ध ८ बलमा ११ रन बनाएका थिए । उनलाई पाकिस्तानी बलर हरिस रौफले आउट गरेका थिए । 

ब्याटिङ गरेपछि उनी फिल्डिङका लागि मैदानमा आएनन् र उनको ठाउँमा इशान किशन आएर फिल्डिङ गरेका थिए । उक्त खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।  पाण्ड्या घाइते भएपछि न्युजिल्याण्डसँग खेल्नुअघि भारतलाई झट्का लागेको हो ।

पाण्ड्याको चोटको रिपोर्ट बाहिर नआएकोले न्युजिल्याण्डविरुद्धको खेलसम्म उनी पूर्ण रूपमा फिट छन् कि छैनन् त्यो भने हेर्न बाँकी छ । ३१ अक्टोबरमा भारतले आफ्नो दोस्रो खेलमा न्युजिल्याण्डको सामना गर्दै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल