७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलियो इरानसँग नेपाल ४-० ले पराजित

८ कार्तिक २०७८, सोमबार १३:०८

कात्तिक ८, काठमाडौं | एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इरानकसँग पराजित भएको छ । 

ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो । 

पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्‍यो । 

इरानको जीतमा हुसेनले २ गोल गरे । यस्तै, मेहदी र यासिनले १-१ गोल गरेका थिए । हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो । 

बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो । 


यसअघि पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो खेल बराबरीमा सकिएको थियो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी मौका दिएका थिए । 

प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीलाई सम्हाल्ने जिम्मा दिएका थिए । 

अब, नेपालले आफ्नो दोस्रो खेलमा ११ गते ताजकिस्तानसँग खेल्नेछ । फिफा वरीयतामा ताजकिस्तान ११८औँ स्थानमा रहेको छ । यस्तै, तेस्रो तथा अन्तिम खेलमा नेपालले लेवनानसँग १४ कात्तिकमा खेल्नेछ । 

समूह विजेता फाइनल चरणमा छनोट हुनेछ ।  

इरानविरुद्ध नेपालको सुरुवाती ११

गोलरक्षक- अर्पण कार्की (कप्तान)

डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर- रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट, 

स्ट्राइकर- मनीष डाँगी, अभिषेक रिजाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या