७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी–ट्वान्टी विश्वकप: दक्षिण अफ्रीकाको पहिलो जित, वेष्ट इण्डिजको लगातार हार

९ कार्तिक २०७८, मंगलवार १४:१०

कात्तिक ९, काठमाडौं | बेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । यता, वेष्ट इण्डिजको भने लगातार दोस्रो हार हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहँदै सर्वाधिक ५१ रनको बनाए । यस्तै भान डेर डुसेनले अविजित ४३ रनको पाली खेले । यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।


वेस्ट इन्डिजका इभिन लेविसले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

केइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।

यस सँगै पहिलो जित निकालेको अफ्रीकाले दुई खेलबाट २ अंक जोड्दै समूह–१ बाट चौथो स्थानमा रहेको छ । यस्तै लगातार दोस्रो खेलमा पराजित वेष्ट इन्डिज पुछारमा रहेको छ । समूह–१ मा एक खेलबाट २ अंक बनाएको इंग्ल्याण्ड शीर्षस्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या