७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन कश्मीरी विद्यार्थी पक्राउ

११ कार्तिक २०७८, बिहीबार ०४:४३

न्युज कारखाना | कात्तिक ११, काठमाडौं । यूएईमा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मीरी विद्यार्थीलाई पक्राउ गरेको छ। 

बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्रविरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार राति जगदीशपुरा पुलिस स्टेशनमा इन्जिनियरिङका विद्यार्थी अरशद युसुफ, इनायत अल्ताफ र शैकत अहमद गनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

प्रहरीले काश्मिरी विद्यार्थीहरूलाई उनीहरूको व्हाट्सएप स्टेटस र च्याटिङको प्रमाणको आधारमा पक्राउ गरेको थियो।  तीनै अभियुक्तलाई बिहीबार अदालतमा पेश गरिने छ। टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच २४ अक्टोबरमा भएको खेलमा पाकिसतानसँग भारत १० विकेटले पराजित भएको थियो। 

मंगलबार बिचपुरीको आरबीएस इन्जिनियरिङ प्राविधिक क्याम्पसका तीन कश्मीरी विद्यार्थीहरूको व्हाट्सएप स्टेटस र च्याट भाइरल भाइरल भएको थियो। कलेज व्यवस्थापनले यो कुरा थाहा पाएपछि इन्जिनियरिङका तीन विद्यार्थीलाई निलम्बन गरेको थियो। 

भारतीय जनता युवा मोर्चाका पदाधिकारीहरूले पाकिस्तानको विजयमा कश्मीरी विद्यार्थीहरूले उत्सव मनाएको थाहा पाएपछि हंगामा मच्चाएका थिए। भाजपाका ब्रज प्रान्त क्षेत्रीय मन्त्री गौरव राजावतले आरोपी विद्यार्थीहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए। 

- तस्वीर : जागरणबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या