७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेट्रान्स कप : सेमिफाइनल समीकरण पूरा

१२ कार्तिक २०७८, शुक्रबार १२:५७

कात्तिक १२, काठमाडौं | मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

फुटबलर्स मिसन टुगेदरको आयोजना पहिलो संस्करणको प्रतियोगिताको क्वार्टरफाइनल खेल समाप्त भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । 

दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल आर्मी, खुमलटार, झापा भेन्ट्रान्स एफसी र एसएनकेसी अन्तिम चार अर्थात् समेफिाइनलमा प्रवेश गरेका छन् । 

शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबले भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । आर्मीको जीतमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले समान १-१ गोल गरे ।

दोस्रो क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै खुमलटार अन्तिम चारमा पुगेको छ ।खुमलटारको जीतमा रितेश खड्काले २ गोल गरे भने भगवान् थापा, निमा लामा र टासी छिरिङले १-१ गोल गरे । 

यस्तै, अन्तिम आठको तेस्रो खेलमा चितवन भेट्रान्सलाई ४-० गोल अन्तरले पराजित गर्दै झापा भेट्रान्स एफसी अन्तिम चारमा पुगेको हो । झापाको जीतमा नरेन्द्रमणि लिम्बूले २ गोल गर्दा अंकुरकुमार खड्गी र  रमेश गुरुङले १-१ गोल गरे ।

शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा पोखरा- ११ भेट्रान्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै एसएनकेसीले अन्तिम चारमा स्थान बनाएको छ । 


एसएनकेसीको जीतमा दिनेश ब्यन्जनकर, बालगोपाल शाहुखल, सुरेन्द्रबहादुर तामाङ र राजेश शाहीले १-१ गोल गरे  । पोखराका मनोजकुमार गुरुङले १ गोल फर्काए ।

अब, सेमिफाइनलमा आर्मीले झापाको सामना गर्नेछ । यस्तै, खुमलटारले फाइनल प्रवेशका लागि एसएनकेसीको सामना गर्नेछ । 

जारी प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणमा स्थान बनाएका थिए ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या