७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट: पाकिस्तानको लगातार तेश्रो जित, अफगानिस्तान १९ ओभरमै समेटियो

१२ कार्तिक २०७८, शुक्रबार १७:५७

कात्तिक १२, काठमाडौँ | पाकिस्तानले आइसिसी टि-२० विश्वकप २०२१ मा लगातार तेस्रो जित दर्ता गरेको छ । पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले लगातार तेस्रो जित हाँशिल गरेसँगै पाकिस्तान शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने पक्का जस्तै भएको छ ।

खेलमा १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमै लक्ष्य पुरा गर्न सक्यो । पाकिस्तानले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्ने क्रममा ओपनर ब्याट्सम्यान तथा कप्तान बाबर आजमले ४७ बलमा ४ चौका सहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै आसिफ अली ७ बलमा ४ छक्का सहित २५ रनमा अविजित रहे ।अलिले अन्तिम १२ बलमा पाकिस्तानलाई जितको लागि २४ रन आवश्यक हुँदा १९ औं ओभरको खेलमा तीव्र गतिका बलर करिम जन्नतलाई चार छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।


पाकिस्तानको लागि शोएब मलिकले १९ रन बनाएर आउट भए । अर्का खेलाडी जमानले ३० रन बनाए । त्यस्तै पाकिस्तानका अर्का ब्याट्सम्यान मोहम्मद हफिज राशिद खानको बलमा १० रन जोडेर क्याच आउट भए । 

अफगानिस्तानको लागि राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने मुजिब उर रहमान, मोहम्मद नाबी र नविन उल हकले १–१ विकेट लिए ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । उक्त स्कोर खडा गर्ने क्रममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले ३५ रन जोडेर अविजित रहे । त्यस्तै गुलबदीन नईब ३५ रनमा अविजित रहे । अफगानिस्तानको कमजोर पारीलाई सातौं विकेटका लागि गुलबदीन नईब र कप्तान मोहम्मद नाबीले सम्हालेर ४५ बलमा ७१ रनको अविजित साझेदारी गरेका थिए । जुन साझेदारीको कारण अफगानिस्तानले सम्मानजनक लक्ष्य प्रस्तुत दिएको थियो ।

खेलमा पाकिस्तानका स्पिनर ईमाद वासिमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १/१ विकेट लिए । 

पाकिस्तानले जारी विश्वकपको पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । दोश्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । अब पाकिस्तानले आगामी मंगलबार नामिबियासँग खेल्दैछ । एता पाकिस्तानले आइतबार नामिबियासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या