२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-२३ फुटबल: सान्त्वना जितको खोजीमा नेपाल, कति बजे हुँदैछ खेल

२०७८, १४ कार्तिक आईतवार ०६:२५

कात्तिक १४, काठमाडौँ | एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने  खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह 'बी' मा इराक र ताजकिस्तान बिजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान  २ खेलबाट ६ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहिन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो  

नेपाली २३ टोली-

गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी