२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालविरुद्ध लेबनान: पहिलो हाफमा लेवनानले अग्रता बनायो

२०७८, १४ कार्तिक आईतवार ११:५२

कात्तिक १४, काठमाडौँ | एएफसी यू-२३ एसियन कप छनोट खेलमा लेबनानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफको २६ मिनेटमा लेबनानले अग्रता बनाएको हो । 

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरिरहेका छन् । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वाना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद् अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ’बी’ मा इराक र ताजकिस्तान बिजेताको दौडमा छन् । इरान र ताजकिस्तानको समान  दुई खेलबाट छ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहीन छन् । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो । 

नेपालीको सुरुवाती एघार

गोलरक्षक– अर्पण कार्की (कप्तान)

डिफेण्डर– सुमन अर्याल, सुरज जिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे 

मिडफिल्डर– नितिन थापा, दर्शन गुरुङ, एरिक बिष्ट

स्ट्राइकर– आयुष घलान, मनिष डांगी, अभिषेक रिजाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी