२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप: भारतको पहिलो जित, अफगानिस्तान पराजित

१८ कार्तिक २०७८, बिहीबार ०२:०६

कात्तिक १८, काठमाडौं | उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी–ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर–१२ को समूह–२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । 

जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे । 

भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले  २ विकेट हात पारे ।  


यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रनको बिशाल योगफल तयार पारेको थियो । 

भारतका ओपनर रोहित शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ६९ रन बनाए । भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि  १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । 

भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । अब, सेमिफाइलन यात्रा तय गर्न भारतलाई दुबै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ । 

सुपर–१२ को समूह–२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ ।  अफगानिस्तान ३ खेलमा २ जित र १  हारसहित दोस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २  हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलनै हारेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता