७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिभरपुल अन्तिम १६ मा, पोर्तो र एसी मिलानले अंक बाँडे

१८ कार्तिक २०७८, बिहीबार ०२:२८

कात्तिक १८, काठमाडौं | युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टो र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । ३६औं मिनेटमा फिलिपेले सिधै रातो कार्ड ब्यहोरेपछि एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो । 


समूह ‘बी’ को अर्को खेलमा इटालियन सिरी ए क्लब एसी मिलान र पोर्चुगिज क्लब एफसी पोर्टोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

पोर्टोका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे । 

समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ । एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । मिलानले भने समूहमा पहिलो अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या