२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट: भारतको सेमिफाइनल सम्भावना कायमै

२०७८, २० कार्तिक शनिबार ०३:००

कात्तिक २०, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले सहज जित हात पारेको हो ।

ग्रुप २ मा स्कटल्याण्ड शानदार जितपछि नेट रनरेटमा सुधार गरेको भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

सुरुआती दुई खेलमा पकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले त्यसयता अफगानिस्तान र स्कटल्याण्डलाई पराजित गरेको हो ।

चार खेलबाट चार अंक जोडेको भारत अफगानिस्तानलाई नेटरनरेटमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । न्युजिल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ । अब भारतले नामिबियासँग अन्तिम खेल खेल्न बाँकी छ । त्यसअघि न्युजिल्याण्डले अफगानिस्तानसँग खेल्नेछ ।

भारतको सेमिफाइनल सम्भावना बाँकी रहँदा अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनुपर्नेछ । यदि न्युजिल्याण्डले जित हात पारेमा भने भारत अन्तिम खेल अघि नै बाहिरिनेछ ।

दुबईमा भएको खेलमा केएल राहुलले यस विश्वकपकै सर्वाधिक छिटो अर्धशतक बनाएपछि भारतले ८५ रनको सामान्य लक्ष्य ६.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

राहुलले १९ बल खेल्दै ६ चौका र तीन छक्का मद्दतमा ५० रन बनाए । रोहित शर्माले १६ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा ३० रन जोडे । सुर्यकुमार यादवले अविजित ६ रन बनाए । बर्थ डे ब्वाए कप्तान विराट कोहली दुई रनमा अविजित रहे । स्कटल्याण्डका मार्क वाट र ब्राड ह्विलले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा अलआउट भयो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाउँदा माइकल लिस्कले २१ रन जोडे ।

स्कटल्याण्डलाई अलआउट गर्न भारतका रवीन्द्र जडेजा र मोहम्मद शामीले समान तीन/तीन विकेट लिए । जडेजाले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । शामीले तीन ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए । यस्तै जसप्रित बुमराहले ३.४ ओभरमा एक मेडन राख्दै १० रन खर्चेर दुई विकेट लिए । रविचन्द्रन आश्विनले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने