२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराट कोहली: खेलाडी महान्, कप्तानी भने ‘फ्लप’, भारत अहिले नामिबियाको सामना गर्दै

२०७८, २२ कार्तिक सोमबार १३:५४

कात्तिक २२ , काठमाडौं | टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले आज अन्तिम खेलमा नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ। 

यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ। तर, आईसीसी प्रतियोगिताका ठूला खेलहरूमा उनको कप्तानीको चमक फिक्का भएको छ। विराटले अहिलेसम्म ६५ टेस्ट खेलमा भारतको कप्तानी गरिसकेका छन्। 

जसमा टोलीले ३८ खेल जितेको छ, जुन कीर्तिमान हो। योसँगै विराट कोहली एमएस धोनी, मोहम्मद अजहरुद्दिन पछि एकदिवसीय अन्तर्राष्ट्रियमा भारतका तेस्रो सफल कप्तान हुन् । 

विराटले अहिलेसम्म ९५ एकदिवसीय खेलमा भारतको  कप्तानी गरेका छन्, जसमा भारतले ६५ खेल जितेको छ। यसबाहेक विराटले अहिलेसम्म ४९ टी-२० खेलमा भारतको नेतृत्व गरेका छन्।

कप्तानको रूपमा कोहलीको  रेकर्ड

३३ वर्षीय कोहली टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। उनले अहिलेसम्म भारतका लागि ६५ टेस्ट खेलमा ५६.११ को औसतमा ५६६७ रन बनाएका छन्। यस अवधिमा उनको ब्याटले २० शतक र १७ अर्धशतक प्रहार गरेको छ। 

कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा  धोनीपछि दोस्रो सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। कप्तानको रूपमा उनले अहिलेसम्म ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२.६५ को औसतमा ५ हजार ४ सय ४९ रन बनाएका छन्। 

यस अवधिमा उनको ब्याटबाट २१ शतक र २७ अर्धशतक प्रहार भएका छन्। योसँगै विराट अष्ट्रेलियाका कप्तान आरोन फिन्चपछि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। कोहलीले अहिलेसम्म ४९ टी-२० अन्तर्राष्ट्रियमा कप्तानको रूपमा १५७० रन बनाएका छन्।

‘फ्लप’ कप्तान

विराटको कप्तानी आईसीसी टूर्नामेन्टका ठूला खेलहरूमा पूर्ण रूपमा फ्लप भएको छ। विराटाको कप्तानीमा भारत २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १८० रनले पराजित भएको थियो। 

उक्त खेलमा विराट कोहलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। त्यसको पूरा फाइदा उठाउँदै पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३३८ रन बनायो। सन् २०१९ को विश्वकपमा भारतले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनायो।  

तर, निर्णायक खेलमा उनी फेरि एकपटक फ्लप साबित भए। उक्त सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत १८ रनले पराजित भएको थियो। टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट प्रदर्शनलाई हेर्दा, आईसीसी टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने अपेक्षा गरिएको थियो।

तर, साउथह्याम्पटनमा भएको फाइनल खेलमा विराटको भाग्यले फेरि धोका दिएको थियो। टस हार्नु मात्र होइन भारतले आठ विकेटले हार व्यहोरेको थियो। 

साथै, लामो समय आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी गरे पनि उनको टोलीले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन। यसैलाई कारण मान्दै कोहलीले आईपीएलको कप्तानी छाड्ने घोषणा गरेका छन्।

अहिले चलिरहेको टी-२० विश्वकपमा भारतीय टोली उपाधिको दाबेदार मानिएको थियो।  तर, पाकिस्तान र न्युजिल्यान्डविरुद्धको खेलमा ब्याटिङ र बललिङ दुवैमा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो। योसँगै विराटको भाग्यले दुवै खेलमा धोका खायो र उनी टस जित्न पनि असफल भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने