२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

२०७८, २२ कार्तिक सोमबार १४:१८

कात्तिक २२, काठमाडौं | अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ । 

सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० खेल आयोजना हुनेछ । 

यसका लागि खेल स्थलसमेत तय भइसकेको छ । पहिलो टेस्ट क्रिकेट ३ देखि ७ मार्चसम्म कराँची, दोस्रो १२ देखि १६ मार्चसम्म रावलपिण्डी तथा २१ देखि २५ मार्चसम्म लाहोरमा आयोजना हुनेछ । 

पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष रमिज राजाले भने, ‘अस्ट्रेलियालाई स्वागत गर्न पाउँदा खुसी छु । अस्ट्रेलिया एउटा राम्रो टोली हो, जुन टोली २४ वर्षपछि पहिलो पटक आउँदै छ । यो फ्यानका लागि विशेष उपहार हुनेछ ।’ राजाले अस्ट्रेलियाविरुद्ध आठ टेस्ट र १८ ओडीआई खेलेका छन् । 

यसअघि अस्ट्रेलियाली टोली सन् १९९८-९९ मा पाकिस्तान भ्रमणमा निस्किएको थियो । 


तालिका :

३-५ मार्च : पहिलो टेस्ट, कराँची

१२-१६ मार्च : दोस्रो टेस्ट, रावलपिण्डी

२१-२५ मार्च : तेस्रो टेस्ट, लाहोर

२९ मार्च : पहिलो ओडीआई, लाहोर

३१ मार्च : दोस्रो ओडीआई, लाहोर

२ अप्रिल : तेस्रो ओडीआई, लाहोर

५ अप्रिल : टी- ट्वान्टी, लाहोर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी