७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकपमा आज: अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

२५ कार्तिक २०७८, बिहीबार ०८:३२

कात्तिक २५, काठमाडौं | टी-२० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ। बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। 

फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-२० विश्वकपको सेमिफाइनलमा पनि यी दुई टोलीबीच खेल भएको थियो। सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्तमा पराजित भएको थियो। 

माइक हसीले अष्ट्रेलियालाई जित दिलाउन अतुलनीय इनिङ्स खेलेर पाकिस्तानको लगातार दोस्रो टी-२० विश्वकप जित्ने सपना चक्नाचुर पारिदिएका थिए। अष्ट्रेलिया आईसीसी प्रतियोगिताको नकआउटमा पाकिस्तानसँग कहिल्यै हारेको छैन।

यो कीर्तिमानलाई आरोन फिन्चले नेतृत्व गरिरहेको अष्ट्रेलियाले निरन्तरता दिन चाहन्छ। हुन त यस विश्वकपमा पाकिस्तानले धेरै पुराना कीर्तिमानलाई भंग गरेको छ। पकिस्तानले टी–२० विश्वकपमा पहिलो पटक भारतलाई हराएर इतिहाससमेत रचेको थियो।

लयमा अष्ट्रेलिया

यस पटकको विश्वकपमा अष्ट्रेलिया लयमा छ। समूह चरणमा एक खेलमा पराजित भएको अष्ट्रेलियाले समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

फिन्च र डेभिड वार्नर यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानसँगको खेलमा पनि उनीहरू टीमको प्रमुख हिस्सा बन्ने छन्। मिचेल मार्सले पनि सुरुवाती खेलमा हार व्यहोरेपछि फर्ममा फर्किने संकेत देखाएका छन्।  

तीव्र गतिका बलर मिचेल स्टार्कले पनि अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने लेग स्पिनर एडम जाम्पाले पनि बलियो प्रदर्शन गरिरहेका छन्।

अपराजित पाकिस्तान

पाकिस्तान विगत डेढ दशकदेखि युएईमा लगभग अपराजित छ। प्रतियोगितामा अहिलेसम्म कुनै खेल नहार्ने एकमात्र टोली हो, पाकिस्तान।

अष्ट्रेलियालाई हराएर पाकिस्तान अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। तीव्र गतिका शाहिन शाह अफ्रिदीले बलर विपक्षी ब्याट्सम्यानको ब्याटिङलाई धरासायी बनाइरहेका छन्। इनिङ्सको सुरुवात गरे भने हरिस रउफले रन बनाउन दिइरहेका छैनन्। 

ब्याटिङमा मोहम्मद रिजवान र बाबर आजम उत्कृष्ट लयमा छन्। शोएब मलिक र आसिफ अलीले इनिङ्सको प्रभावकारी अन्त्य गरिरहेका छन्। तर, शोएब मलिक र मोहम्मद रिजवान बिरामी भएको खबर छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या