७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

२६ कार्तिक २०७८, शुक्रबार ०२:१६

कात्तिक २६, काठमाडौँ | अस्ट्रेलिया आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाका लागिडेभिड वार्नरले ४९ रन बनाए भने कप्तान एरोन फिन्च शुन्य, मिचेल मार्श २८, स्टेभन स्मिथ ५, ग्लेन म्याक्वेलले ७ रन बनाएका थिए । त्यसैगरी मार्कस स्टोनिसले अविजित ४० र म्याथ्यु वाडेले १७ बलमा अविजित ४१ रन बनाएपछि जीत सम्भव भएको हो । त्यसैगरी पाकिस्तानका बलर शडाब खानले ४ विकेट लिएका थिए भने शाहीन शाह अफ्रिदीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले अस्ट्रेलियालाई १७७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउदै १७७ रन बनाएको हो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्बाधिक ६७ रन बनाएका थिए । त्यस्तै कप्तान बाबर आजमले ३९ रन बनाए भने फखर जमानले अविजित ५५ रन जोडे । त्यस्तै आसिफ अली शुन्यमा आउट भए भने शोएब मल्लिक र मोहमद हाफिजले एक एक रन बनाएका थिए ।

त्यस्तै अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने पाट कमिन्स र एडम जाम्पाले एक एक विकेट लिएका थिए । अब फाइनलमा अस्ट्रेलिया र न्यूजील्याण्ड खेल्ने छन् । फाइनल खेल आगामी आइतबार दुबइमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या