२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे

१७ मंसिर २०७८, शुक्रबार ०९:३५

मंसिर १७, काठमाडौं | सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे प्रतिद्वन्द्वीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा अग्रता भने फ्रेन्ड्सले बनायो । ५१औं मिनेटमा फ्रेन्ड्सका नथानीयल जुड गार्सियाले अग्रता लिए । कप्तान प्रकाश बुढाथोकीले लेफ्ट विंगबाट गरेको क्रस बललाई बक्सभित्र रहेका ट्रिनिडाड एन्ड ट्रिबागोका खेलाडी गार्सियाले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए । 

मिक्छेन तामाङले थ्री स्टारका लागि बराबरी गोल फर्काए । खेलको ८२ मिनेटमा रितिककुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाट अनमार्क रहेका मिक्छेनले सहज गोल गरे । 

यसअघि ५० मिनेटमा थ्री स्टारले अग्रता लिने सुनौलो अवसर गुमायो । संजोक राईको पासलाई बक्सभित्र रहेका रितिककुमार खड्काले फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवसँगको वान भर्सेष वानको स्थितिमा गोल गर्न सकेनन् । सोही रिबाउन्ड बललाई अगाडि बढाउँदै फ्रेन्ड्सले गोल गरेको थियो । 

७५औं मिनेटमा थ्री स्टारका संजोक राईले बराबरी गर्ने अवसर गुमाए । संजोगले बक्सको बाहिरबाट गरेको लामो प्रहार गोलकिपर बिट भएको अवस्थामा दोस्रो बारमा लागेर फर्कियो । ८५ मिनेटमा समेत संजोक गोलबाट टाढा रहे । संजोकको प्रहार डिफेन्डर रोनिल एन्थोनी पौलले गोल लाइनबाट हेड गर्दै बचाएका थिए । 

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो बराबरी हो । यसअघि फ्रेन्ड्स सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग २–१ अन्तरले पराजित भएको थियो । फ्रेन्ड्सको तीन खेलबाट २ अंक भएको छ । 

थ्री स्टारको यो पहिलो बराबरी हो । पहिलो खेलमा च्यासल युथलाई ३-० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० ले स्तब्ध भएको थियो । थ्री स्टारको तीन खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच फ्रेन्ड्सका गोलकर्ता गार्सिया भए । आजै पाैने ५ बजे सुरु हुने दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता