२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित

१० पुष २०७८, शनिबार ०६:५७

पुस १०, काठमाडौँ | एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ। ढाकामा आज शनिबार भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो।

बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकालेको हो । यो जितसँगै नेपालले फाइनलको यात्रा निकै बलियो बनाएको छ। अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ। यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो।

यस्तै दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता समेत रहेको नेपालले ३ खेलमा ८ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा उक्लिएको छ। बंगलादेशले खाता खोल्न सकेको छैन।

यस्तै, नेपालको पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाल दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो।

तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ। पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी छन्। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ