८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न प्रदेश प्रमुख परियारको आग्रह

१५ पुष २०७८, बिहीबार ११:११

पुस १५, काठमाडौँ | रासस | कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिनुभएको छ ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको आधुनिक पुनःसंरचनाले उत्कृष्ट खेलाडी उत्पादन  र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

“सफल खेलाडी आफैँमा अनुशासित, नैतिकवान्, सुसंस्कृत एवं स्वस्थ हुन्छ”, उहाँले भन्नुभयो, “अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।” 

मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको जनाउँदै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सरकारले समग्र खेलकुदका निम्ति प्रदेशकै गौरवको आयोजना प्रदेश रङ्गशालाको निर्माण प्रारम्भ गरिसकेको बताउनुभयो । 

खेलकुद विकासका निम्ति आफ्नो क्षेत्रबाट निरन्तर पहल गर्ने बताउनुभएका उहाँले ‘प्रथम वार्षिकोत्सव’ समारोहबाट तमु (गुरुङ) समुदायको ल्होसार पर्वको उपलक्ष्यमा गुरुङ समुदायसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले खेल क्षेत्रको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा १० हजार दर्शक अट्ने रङ्गशाला निर्माणको कार्य थालेको बताउनुभयो । 

प्रमुख सचिव श्रेष्ठले भारतको मुम्बइमा भएको पावर लिफ्टिङ खेलमा पदक हासिल गर्ने कर्णालीका खेलाडीलाई रु दुई लाख पुरस्कार दिने कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्णय गरेको बताउँदै खेलाडी प्रोत्साहन हुनेगरी आगामी बजेट छुट्याउन खोजिएको जनाउनुभयो । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले अध्यादेशमार्फत खेलकुदको ऐनमा भएका त्रुटि सच्याइएको जनाउदै अझै पनि नियमावली र कार्यविधि बन्न नसकेको जनाउनुभयो । नियमावलीको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न नसके तापनि परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको कभर्डहलसहित प्रदेश रङ्गशालाको काम सुरु गरेको र ३० महिनामा सम्पन्न हुने उहाँले विश्वास दिलाउनुभयो ।

यसैगरी उहाँले थाइल्याण्डमा भएको एशियाको सबैभन्दा ठूलो ११० किलोमिटर लामो अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरी कर्णालीसहित नेपालको नाम उँचो राख्ने जुम्लाका चेली सुनमाया बुढालाई बधाई ज्ञापन गर्दै पुरस्कार तथा सम्मानका लागि खेलकुद परिषद्ले कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गर्ने जनाउनुभयो ।

उक्त अवसरमा गिनिज बुक अफ वल्र्ड रेकर्डर्स नाम लेखाएर कर्णाली तथा नेपालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल म्याराथन धावक जुम्लाका हरिबहादुर रोकायको योगदानको उच्च प्रशंसा गरिएको छ । समारोहमा मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी पत्रकारको टोली र ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो