४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्तान परिवर्तन हुँदैन ः प्रशिक्षक दसानायके

१५ पुष २०७८, बिहीबार ११:३८

पुस १५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुभयो ।

उहाँले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनिएकाले सन्दीप लामिछाने नै कप्तान रहने बताउनुभयो । क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । दसानायकेले खेलाडीको वर्गीकरणका विषयमा भने आफूले सक्दो पहल गर्ने उल्लेख गर्दै विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ