१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय क्रिकेट : बैतडीको टोली घोषणा

१६ पुष २०७८, शुक्रबार ०७:१६

पुस १६, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । 

 जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीका अन्य सदस्यमा खडक बोहरा, नरेन भट्ट, वीरेन्द्र नाथ, दीपक बोहरा, प्रेम बुडाल, लोकेन्द्र चन्द, भूपेन्द्र चन्द, डम्बर बुडाल, प्रदीप चन्द, प्रशान्त कार्की, जगदीश चन्द, सुरेन्द्र चन्द र गजेन्द्र बोहरा छन् । 

यस्तै राजु भाट, सुनिल चन्द, रिशिकेश बोहरा र दिपेन्द्र जोशी वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । बैतडीको उक्त टोली कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछ । बैतडीको पहिलो खेल पुस १७ गते डोटीसँग रहेको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप  राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौँमा हँुदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का