पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टो"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

१९ पुष २०७८, सोमबार ०९:५१

पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

जिल्लामा फुटबलको गतिविधि न्यून हुँदै गइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गरिएको सङ्घका महासचिव रामहरि ढकालले बताउनुभयो । भरतपुर–७ को कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई   दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल खेलाइने छ  । प्रतियोगिता अवधिभर लिग चरणका ३६ सहित सेमिफाइनल र फाइलन गरी जम्मा ३९ वटा खेल खेलाइने भएको छ । 

प्रतियोगितामा पहिलो हुन टोलीले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार र तेस्रो तथा चौथो हुनेले रु २५÷२५ हजार  सहित ट्रफी पदक र प्रमाणपत्र पाउने सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले बताउनुभयो । 

हरेक खेलका उत्कृष्ट खेलाडीलाई ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द म्याच’ घोषणा गर्दै रु एक हजार, प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बुट, सर्वोत्कृष्ट गोल रक्षकलाई रु पाँच हजारसहित गोल्डेन ग्लोब्स तथा सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बल प्रदान गरिने उहाँको भनाइ थियो । 

प्रतियोगिता सम्पन्न गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको र प्रतियोगिताको अन्तिम चरणको खेल माघ ८ गते हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने