प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको "/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बातावरणमैत्री पुर्वाञ्चल स्तरीय फुटबलमा आज क्वाटर फाइनल चरणका चार खेल हुँदै

८ भाद्र २०७३, बुधबार ०४:५९

प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेल इन्द्र दल गुल्म, तेह्रथुम र सुपर स्टार लसुनेबीच हुनेछ ।

 दोस्रो खेलमा एनवाईसी धरान र सृजनशील युवा क्लब नागदह, तेह्रथुमबीच प्रतिष्पर्धा हुनेछ । तेस्रो खेलमा आयोजक सिनियर र लुङछाता युवा क्लब छातेढुंगा तेह्रथुम भिड्नेछन् । अन्तिम खेलमा हिमालयन सहकारी संस्था धनकुटा र यातायात मजदुर क्लब तेह्रथुम  सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने खेल सन्चालन समिति संयोजक राजकुमार तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

गतवर्ष बाट सामुदायिक चेतना अभिवृद्धि तथा बातावरणमैत्री राष्ट्रिय विकास संस्था (युक्यानडु) ले आयोजना गर्दै आएको प्रतियोगितामा पुर्वाञ्चलका ३२ वटा टिम सहभागी थिए । म्याङ्गलुङस्थित टुंडिखेल मैदानमा सन्चालन भइरहेको प्रतियोगितामा विजेताले नगद १ लाख २० हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष शिक्षित तुम्बाहाम्फेले बताउनुभयो ।

 जिल्लामा यसअघि यत्तिका राशीको फुटबल प्रतियोगिता सन्चालन नभएको आयोजकको दाबी छ । मेलामा आयोजित धान नाच भाद्र ९ गते साँझ सन्चालन हुने र विजयीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

मेलाले जिल्लाको सांस्कृतिक पहिचान र परम्पराको जगेर्नासँगै युवाहरुमा क्षमता अभिवृद्धि र खेल विकास गराउने आयोजकको लक्ष्य छ । भाद्र १० गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गतको यो संस्करणलाई पाथीभरा मिडिया ग्रुप प्रवास र साल्ट ट्रेडिङ कर्पोरेसन काठमाडौँले मुख्य प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला