प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको "/>
2026-10-18 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बातावरणमैत्री पुर्वाञ्चल स्तरीय फुटबलमा आज क्वाटर फाइनल चरणका चार खेल हुँदै

प्रकाश धौलाकोटी | भदौ ८, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल चरणका चार खेल हुँदैछन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेल इन्द्र दल गुल्म, तेह्रथुम र सुपर स्टार लसुनेबीच हुनेछ ।

 दोस्रो खेलमा एनवाईसी धरान र सृजनशील युवा क्लब नागदह, तेह्रथुमबीच प्रतिष्पर्धा हुनेछ । तेस्रो खेलमा आयोजक सिनियर र लुङछाता युवा क्लब छातेढुंगा तेह्रथुम भिड्नेछन् । अन्तिम खेलमा हिमालयन सहकारी संस्था धनकुटा र यातायात मजदुर क्लब तेह्रथुम  सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने खेल सन्चालन समिति संयोजक राजकुमार तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

गतवर्ष बाट सामुदायिक चेतना अभिवृद्धि तथा बातावरणमैत्री राष्ट्रिय विकास संस्था (युक्यानडु) ले आयोजना गर्दै आएको प्रतियोगितामा पुर्वाञ्चलका ३२ वटा टिम सहभागी थिए । म्याङ्गलुङस्थित टुंडिखेल मैदानमा सन्चालन भइरहेको प्रतियोगितामा विजेताले नगद १ लाख २० हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष शिक्षित तुम्बाहाम्फेले बताउनुभयो ।

 जिल्लामा यसअघि यत्तिका राशीको फुटबल प्रतियोगिता सन्चालन नभएको आयोजकको दाबी छ । मेलामा आयोजित धान नाच भाद्र ९ गते साँझ सन्चालन हुने र विजयीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

मेलाले जिल्लाको सांस्कृतिक पहिचान र परम्पराको जगेर्नासँगै युवाहरुमा क्षमता अभिवृद्धि र खेल विकास गराउने आयोजकको लक्ष्य छ । भाद्र १० गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गतको यो संस्करणलाई पाथीभरा मिडिया ग्रुप प्रवास र साल्ट ट्रेडिङ कर्पोरेसन काठमाडौँले मुख्य प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु