पुस २६, काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पर"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

२०७८, २६ पुष सोमबार ०७:२९

पुस २६, काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो । 

कर्णाली प्रदेशका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक १५ रनको योगदान दिए भने अर्जुन घर्तीले १६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा दिनेश अधिकारी र हिमांशु शाहीले एक/एक रन जोडे । 

कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुई/दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक÷एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको आर्मीले १९ दशमल एक ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे भने हरि चौहानले २० रन जोडे । 

त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०/१० रन जोडे । सोमपाल कामी नौ रनमा आउट हुँदा जीतेन्द्र मुखिया आठ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एक÷एक विकेट लिए ।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने