पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद "/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

२०७८, २६ पुष सोमबार ०८:४१

पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाइएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिनुभयो ।

अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो । विसं २०५५ मा स्थापना भएको सहारा क्लबले आयोजना गर्ने यो प्रतियोगितालाई पोखराको पर्यायवाचीका रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालीको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा  सञ्चालित ‘सूर्यबहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

हाल तेस्रो व्याचका रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित  छन् । विसं २०६१ देखि आश्रित बालकको भरणपोषण आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षणलगायतका कार्य क्लबले गर्दै आएको छ । एकेडेमीको सञ्चालनको मुख्य स्रोत नै प्रतियोगिता रहेको छ ।

गत वर्ष सम्पन्न प्रतियोगिताबाट कूल आम्दानी रु ७६ लाख ५० हजार ६४७ र खर्च रु ६३ लाख एक हजार १९९ भएको तथा रु १३ लाख ४९ हजार ४४७ बचत भएको कार्यक्रममा जानकारी दिइएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने