२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएम कप क्रिकेटमा नेपाल पुलिसको लगातार दोस्रो जित

२७ पुष २०७८, मंगलवार ०७:५१

पुस २७, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि मैदानमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो।

हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो। आर्मीले हिजो उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।

आजको खेलमा आर्मीले जितका लागि दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिसका कुशल भुर्तेलले ३५, रासिद खानले २८, अनिल शाहले २२ रन जोडे। दिलिपनाथ २५ रनमा अविजित रहे।

आर्मीका सहाव आलमले तीन, जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी १९ ओभर ५ बलमा १ सय ३७ रनमा अलआउट भएको थियो। आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन तथा सोमपाल कामीले ४२ रन जोडे। पुलिसका करण केसीले चार विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव