२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

२०७८, २९ पुष बिहीबार ०७:५०

पुस २९, काठमाडौँ | बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे। बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका थिए। 

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बुधबार राति भएको रोमाञ्चक खेलमा २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले सुरूआती अग्रता लिएको थियो। 

४१ औं मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।

खेलको ७२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलला२ पुनः अग्रता दिलाए। तर ८३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए।

निर्धारित समयसम्म २-२ को बराबरी भएपछिप खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको आठौं मिनेटमा सब्सिच्युट खेलाडी फेडे भोल्भेर्डेले गोल गर्दै रियलला२ पुनः अग्रता दिलाए।

त्यसपछि थप गोल निस्कन नसक्दा रियलले रोमाञ्चक जित निकाल्यो।

रियलले सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनालाई उसकै मैदानमा २–१ ले हराएको थियो।

अब रियलले उपाधिका लागि एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने