२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

२९ पुष २०७८, बिहीबार ०७:५०

पुस २९, काठमाडौँ | बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे। बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका थिए। 

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बुधबार राति भएको रोमाञ्चक खेलमा २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले सुरूआती अग्रता लिएको थियो। 

४१ औं मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।

खेलको ७२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलला२ पुनः अग्रता दिलाए। तर ८३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए।

निर्धारित समयसम्म २-२ को बराबरी भएपछिप खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको आठौं मिनेटमा सब्सिच्युट खेलाडी फेडे भोल्भेर्डेले गोल गर्दै रियलला२ पुनः अग्रता दिलाए।

त्यसपछि थप गोल निस्कन नसक्दा रियलले रोमाञ्चक जित निकाल्यो।

रियलले सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनालाई उसकै मैदानमा २–१ ले हराएको थियो।

अब रियलले उपाधिका लागि एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव