पुस २९, काठमाडौँ लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्"/>
७ माघ २०८२, मंगलवार
काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेश विजयी

२९ पुष २०७८, बिहीबार ११:४८

पुस २९, काठमाडौँ लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो । 

प्रदेश नं २ को भने तीन खेलमा दोस्रो पराजय हो । यसअघि प्रदेश नं २ ले पहिलो खेल सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग २४ रनले हारेको थियो । तर दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको थियो । खेलमा लुम्बिनीले प्रदेश नं २ लाई १६२ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा प्रदेश २ को २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा समेटियो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । त्यसैगरी सन्दीप रजाली र बशिर अहमदले समान ३०÷३० रनको योगदान दिए भने सुशान्त थापाले  १४ रन बनाए । सौरभ खनालले १०, कृष्ण कार्की १, विक्रम भुसाल ५ रन जोड्दा दुर्गेश गुप्ता, मोहन क्षेत्री र सिद्धान्त शाहीले खाता खोल्न सकेनन् ।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २÷२ विकेट लिए भने हरिशंकर शाह, महबुब आलम र विशाल शुस्लिङले एक विकेट झारे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या