७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

२ माघ २०७८, आईतवार ०८:०२

माघ २, काठमाडौँ | सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा राजु रिजालले सर्वाधिक ६८ रन बनाए । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान सन्तोष भट्टले ४८ रन जोडे । अर्जुन साउदले अविजित २६ रन जोडे । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रनको योगफल तयार गरेको थियो । प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए । त्यस्तै सोनु अन्सारीले ३१ रन जोड्दा मनिष थापा र कप्तान अंकित थापाले समान २३ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट दिए । यस्तै कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले एक एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या