७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित

२ माघ २०७८, आईतवार १०:००

माघ २, काठमाडौँ | सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । एक सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५२ बल खेल्दै नौ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै सन्तोष भट्टले ४८ रन जोडे । उनले ३९ बल खेल्दै ४ चौका र ३ छक्का हाने । अर्जुन साउदले २६ तथा नारायण जोशी ८ रनमा अविजित रहे । बलिङतर्फ प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रन बनायो । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए भने सोनु अन्सारीले ३१ रन जोडे । त्यसैगरी मिनाष थापा र अङ्कित सुवेदीले समान २३/२३ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले दुई/दुई तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एक÷एक विकेट लिए । 

समूह ‘ए’बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले आफ्नो अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । 

त्रिभुवन आर्मी क्लब चार खेलमध्ये दुईमा जीत र एकमा हारसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम चारमध्ये दुईमा जीत र दुईमा हारसहित तेस्रो स्थानमा छ । कर्णाली प्रदेश चार खेलमध्ये एकमा जीत र तीनमा हार बेहोर्दै चौथो स्थानमा रह्यो।

प्रदेश १ ले तीन खेलमा जीतविहीन रहँदै तालिकाको पुछारमा छ । खेल मैदान खेल्न लायक नभएका कारण प्रदेश १ ले एउटा खेलमा आर्मीसँग अङ्क बाँडेको थियो ।समूह ‘बी’बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपिएफ समूह विजेता बन्दै तथा बागमती उपविजेता भइ सेमिफाइनलमा पुगेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या