२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित

२०७८, २ माघ आईतवार १०:००

माघ २, काठमाडौँ | सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । एक सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५२ बल खेल्दै नौ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै सन्तोष भट्टले ४८ रन जोडे । उनले ३९ बल खेल्दै ४ चौका र ३ छक्का हाने । अर्जुन साउदले २६ तथा नारायण जोशी ८ रनमा अविजित रहे । बलिङतर्फ प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रन बनायो । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए भने सोनु अन्सारीले ३१ रन जोडे । त्यसैगरी मिनाष थापा र अङ्कित सुवेदीले समान २३/२३ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले दुई/दुई तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एक÷एक विकेट लिए । 

समूह ‘ए’बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले आफ्नो अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । 

त्रिभुवन आर्मी क्लब चार खेलमध्ये दुईमा जीत र एकमा हारसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम चारमध्ये दुईमा जीत र दुईमा हारसहित तेस्रो स्थानमा छ । कर्णाली प्रदेश चार खेलमध्ये एकमा जीत र तीनमा हार बेहोर्दै चौथो स्थानमा रह्यो।

प्रदेश १ ले तीन खेलमा जीतविहीन रहँदै तालिकाको पुछारमा छ । खेल मैदान खेल्न लायक नभएका कारण प्रदेश १ ले एउटा खेलमा आर्मीसँग अङ्क बाँडेको थियो ।समूह ‘बी’बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपिएफ समूह विजेता बन्दै तथा बागमती उपविजेता भइ सेमिफाइनलमा पुगेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने