२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

२०७८, २ माघ आईतवार १०:३४

माघ २, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे । 

ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६२औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८४औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले विमलको पासमा गोल गरेका थिए । 

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई ४–० गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट २३ अङ्क पुगेको छ । मच्छिन्द्रले दोस्रो स्थानको मनाङलाई चार अङ्कले पछि पारेको छ । मनाङको १९ अङ्क छ । ब्रिगेड ब्वाइज अङ्क तालिकाको १२औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी