२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

२०७८, ३ माघ सोमबार ०७:०४

माघ ३, काठमाडौँ | प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।  

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । 

बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादवले १० रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए । 

जीतसँगै पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहमा चारवटै खेलमा जित निकाल्दै पुलिसले आठ अङ्क जोड्यो । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अङ्क जोडेको छ । आर्मीले दुई खेलमा जीत तथा एउटामा प्रदेश १ सँग अङ्क बाँडेको थियो । आर्मी सो समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेशले चार, कर्णाली प्रदेशले दुई तथा प्रदेश नं १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने