२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित

४ माघ २०७८, मंगलवार ०५:४२

माघ ४, काठमाडौँ | कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्क्रमणका कारण ती सबै क्रियाकलाप सुस्त र प्रभावित हुन पुगेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले  खेलकुद क्षेत्रमा धेरै कार्यक्रम रहे पनि कोरोना सङ्क्रमणका कारण कतिपय सुरुआत गर्न, केहीलाई अघि बढाउन र सम्पन्न गर्न चुनौती खडा भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रको  विकासका लागि पूर्वाधार महत्वपूर्ण विषय हो । कोरोनाबाट उत्पन्न परिस्थितिले आयोजना अधुरै रहने, छुट्याएका बजेट फ्रिज हुने, समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने अवस्था छ ।”

पूर्वाधार निर्माण नै समयमा पूरा भएन भने खेल क्षेत्रको विकासमा अवरोध खडा हुन्छ । खेलाडी उत्पादनसँगै अभ्यास गर्ने स्थल आवश्यक पर्छ । पूर्वाधार भएन भने खेलाडीको क्षमता अभिवृद्धि हुन्न । मुलुकको खेल क्षेत्रको विकासका लागि रु एक अर्ब ५२ करोड पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ । अघिल्लो वर्षदेखि सरकारले ‘एक पालिका, एक खेलमैदान’ अवधारणा अघि सार्दै कार्यान्वयन अघि बढाएको छ । उक्त कार्यक्रम मुलुकमा १४४ पालिकामा विस्तार भइसकेको छ । यस वर्षभित्र उक्त कार्यक्रम कम्तीमा १६८ स्थानीय तहमा पु¥याउने मन्त्रालयले अठोट गरेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८÷७९ मा रु २५ करोड बजेट विनियोजन छ ।

स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । समुदायदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिकरूपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता र  प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने विषय बजेटमार्फत घोषणा गरिएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा करिब २५ देखि ३० खेल विधामा पदक प्राप्त गर्ने सम्भावना राख्दै आएको छ । मुलुकमा खेलकुद क्षेत्रका विकास र विस्तारमा करिब २०० को सङ्ख्यामा विषयगत खेल सङ्घ क्रियाशील छन् । त्यस्ता सङ्घले बेलाबखतमा देशभित्र खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको क्षमता अभिवृद्धिका लागि वातावरण तयार गरी प्रोत्साहनसमेत गर्दै आएका छन् ।

देशमा कोभिड–१९ सङ्क्रमण जोखिमले आगामी केही समय देशभित्रै पनि प्रतियोगिता कम हुनसक्ने देखिएको छ । प्रतियोगिताको कमी हुनासाथ खेलाडीमा प्रतिस्पर्धा गर्ने क्षमतामा स्खलन आउन सक्नेछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाका लागि तयारी भइरहेको अवस्थामा कोरोना त्रासका बीच अहिले मिति घोषणा गर्न सक्ने स्थिति कमजोर देखिएको छ । उक्त प्रतियोगिता गर्न सकिएन भने अर्काे वर्ष सेप्टेम्बरमा एशियन खेलकुद प्रतियोगितमा हाम्रा प्रस्तुति आशा गरेअनुरुप नहुन सक्छ ।

उक्त प्रतियोगिताअघि नै राष्ट्रिय, प्रदेश र जिल्लास्तरमा खेलकुद आयोजना गरिसक्नु पर्नेछ तर कोरोनाको अहिलेको अवस्थाले प्रतियोगिताका लागि अप्ठ्यारो पार्ने सङ्केत देखाएको छ । कोभिड–१९ कै कारण खेलाडी उत्पादनको प्रारम्भिक थलो विद्यालय बन्दको अवस्था छ । शैक्षिक संस्थासँग समन्वय गरेर खेलाडी पहिचान, प्रोत्साहन र उत्पादन गर्नुपर्नेमा कोरोनाले त्यस कार्यमा ठूलो धक्का दिएको छ । राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बलियो माध्यमका रूपमा रहेको खेलकुदले युवालाई अनुशासित, जिम्मेवार, समयको पालना र समूहमा रही परिणाम दिन ज्ञान दिन्छ ।

सचिव डा रेग्मी भन्नुहुन्छ, “मुलुकमा खेलाडी उत्पादन, अभ्यास, प्रतिस्पर्धाको क्षेत्र विकास नभएसम्म खेलकुद क्षेत्रको विकास हुन सक्दैन । खेलाडी उत्पादनसँगै अभ्यासस्थल र प्रतियोगिता आवश्यक पर्छ, अबको दायित्व भनेको प्रतिस्पर्धा बढाउने हो ।” यद्यपि सरकारले राष्ट्रिय क्षमताअनुसार पूर्वाधार निर्माणलाई अघि बढाइरहेको छ ।

मन्त्रालयले विधागत खेलकुदका सङ्घमा सुशासन प्रवद्र्धन र लोकतान्त्रिक विधिबाट पदाधिकारी छनोट कार्यलाई सघाउँदै आएको छ । खेलाडी उत्पादन, अभ्यास र पूर्वाधार निर्माणलाई  मन्त्रालयले प्राथमिकतामा राखेर संयोजनकारी र सहजीकरण गर्दै आएको छ । मन्त्रालयले पछिल्लो दिनमा खेलकुद क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग (एण्टिडोपिङ्ग)लाई निस्तेज तुल्याउन खेलाडी र प्रशिक्षकलाई सचेतनासमेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला