७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

१७ माघ २०७८, सोमबार १०:४४

माघ १७, काठमाडौँ | सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ । 

बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गर्न लागेको हो । 

उक्त च्यालेञ्जकपका १२ खेलाडीलाई जनही रु पाँच लाख तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गर्ने कार्यक्रम छ । टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु हुनुहुन्थ्यो । टोलीमा प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या