२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

२०७८, २६ माघ बुधबार १०:१५

माघ २६, काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । च्यासलका लागि भने  मौसा अबागानाले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन । खेलको ५२औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।  

त्यसपछि खेलको ७०औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे । यस जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिको दशौँ स्थानमा उक्लिएको छ । समान नौ खेल नै खेलको च्यासल पाँच अङ्क जोडेर अङ्क तालिकाको १३ औँ स्थानमा रहेको छ । यस हारसँगै च्यासललाई रेलिगेसनको दबाब भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने