७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

२६ माघ २०७८, बुधबार १०:१५

माघ २६, काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । च्यासलका लागि भने  मौसा अबागानाले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन । खेलको ५२औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।  

त्यसपछि खेलको ७०औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे । यस जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिको दशौँ स्थानमा उक्लिएको छ । समान नौ खेल नै खेलको च्यासल पाँच अङ्क जोडेर अङ्क तालिकाको १३ औँ स्थानमा रहेको छ । यस हारसँगै च्यासललाई रेलिगेसनको दबाब भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या