२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत १० ओभरको खेलमा ३ विकेटको सफलता

२०७८, २ फाल्गुन सोमबार ११:०१

फागुन २, काठमाडौँ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ । 

पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप्तीमा ५८ रन बनाएको छ । कुर्टिस क्याम्फर ७ र शेन गेटकेट २० रन बनाएर खेलिरहेका छन् । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स्टर्लिङलाई २ रनमा बोल्ड गरे । ग्यारेथ डेलानीलाई आउट गर्दै जितेन्द्र मुखियाले नेपालले दोस्रो सफलता दिलाए । ९ रन बनाएका डेलानीलाई जितेन्द्रले सानदार कट एन्ड बोल्ड गरे ।

पाँचौं ओभरमा पहिलो पटक बलिङ आक्रामणमा आएका अविनाश बोहराले कप्तान एन्डी बालब्रिनलाई १९ रनमा बोल्ड गरे । १३ बलमा ३ चौका प्रहार गर्दै बालब्रिनले १९ रन बनाए ।

नेपालबाट प्रतियोगितामा पहिलो पटक कुशल भुर्तेल र कुशल मल्ल खेलिरहको छन् । आयरल्यान्डविरूद्ध यी दुई खेलाडीसहित अविनाशलाई प्लेयिङ ११ मा खेलाइएको छ । उनीहरूलाई आरिफ शेखल, विवेक यादव र शाहव आलमको स्थानमा ल्याइएको हो । प्रमुख अलरान्डर करण केसीलाई नेपालले ओमान भ्रमणमा अझै खेलाएको छैन । शुक्रबारबाट सुरु हुने ट्वान्टी–२० विश्वकप छनोट अघि यो प्रतियोगिता खेलिएको छ ।

नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । प्रतियोगिता जित्न नेपालले आज आयरल्यान्डलाई ठुलो अन्तरमा पराजित गर्नु पर्छ । नेपाल जस्तै यसअघिका दुई मध्येको एक खेल जितेको आयरल्यान्डले विजय हात पारे युएईलाई उछिन्दै विजेता बन्न सक्छ ।

पहिलो दुई खेल जितेको युएई सोमबार ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने