७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत १० ओभरको खेलमा ३ विकेटको सफलता

२ फाल्गुन २०७८, सोमबार ११:०१

फागुन २, काठमाडौँ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ । 

पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप्तीमा ५८ रन बनाएको छ । कुर्टिस क्याम्फर ७ र शेन गेटकेट २० रन बनाएर खेलिरहेका छन् । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स्टर्लिङलाई २ रनमा बोल्ड गरे । ग्यारेथ डेलानीलाई आउट गर्दै जितेन्द्र मुखियाले नेपालले दोस्रो सफलता दिलाए । ९ रन बनाएका डेलानीलाई जितेन्द्रले सानदार कट एन्ड बोल्ड गरे ।

पाँचौं ओभरमा पहिलो पटक बलिङ आक्रामणमा आएका अविनाश बोहराले कप्तान एन्डी बालब्रिनलाई १९ रनमा बोल्ड गरे । १३ बलमा ३ चौका प्रहार गर्दै बालब्रिनले १९ रन बनाए ।

नेपालबाट प्रतियोगितामा पहिलो पटक कुशल भुर्तेल र कुशल मल्ल खेलिरहको छन् । आयरल्यान्डविरूद्ध यी दुई खेलाडीसहित अविनाशलाई प्लेयिङ ११ मा खेलाइएको छ । उनीहरूलाई आरिफ शेखल, विवेक यादव र शाहव आलमको स्थानमा ल्याइएको हो । प्रमुख अलरान्डर करण केसीलाई नेपालले ओमान भ्रमणमा अझै खेलाएको छैन । शुक्रबारबाट सुरु हुने ट्वान्टी–२० विश्वकप छनोट अघि यो प्रतियोगिता खेलिएको छ ।

नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । प्रतियोगिता जित्न नेपालले आज आयरल्यान्डलाई ठुलो अन्तरमा पराजित गर्नु पर्छ । नेपाल जस्तै यसअघिका दुई मध्येको एक खेल जितेको आयरल्यान्डले विजय हात पारे युएईलाई उछिन्दै विजेता बन्न सक्छ ।

पहिलो दुई खेल जितेको युएई सोमबार ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या