७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली टिम सन्तुलित छ, हामीलाई हराउन जुनै टिमलाई कठीन हुन्छ- सन्दीप लामिछाने

५ फाल्गुन २०७८, बिहीबार ११:५७

फागुन ५, काठमाडौँ । नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ग्लोबल छनोट अघि आईसिसीसँगको कुराकानीमा सन्दीपले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेकाले नेपाललाइ हराउन जुनै टिमलाइ कठिन हुने बताए । उनले नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने विश्वास पनि व्यक्तगरे। 

नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ। नेपाली टिम विश्वकपको ग्लोबल छनोट खेल्नका ओमान पुगेको छ । ग्लोबल छनोटको समूह एमा रहेको नेपालले फाइनल पुग्दै टि–२० विश्वकप खेल्ने लक्ष्य बनाएको छ। 

कुराकानीमा सन्दीपले नेपाली टिममा सिनिय र खेलाडीको समिश्रण भएकाले विश्वकप खेल्ने राम्रो सम्भावना देखेको उल्लेख गरे । उनले भने, ‘सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरु टिमले नेपाललाई हराउन कठिन छ। हामीले विश्वकपमा छनोट हुने राम्रो सम्भावना देखेका छौं।’

सन्दीपले टी–२० फर्म्याटमा टेस्ट खेल्ने प्रतिद्वन्द्वी वा एसोसिएट टिम जोसँग खेले पनि खासै फरक नपर्ने बताए । उनले कप्तानका रुपमा आफूमा धेरै जिम्मेवारी भएको बताए ।  ‘एक कप्तानको रूपमा मेरो काँधमा धेरै जिम्मेवारी छ । र म यसलाई यादगार बनाउन चाहन्छु,’ सन्दीपले भने, ‘विश्वकप खेल्ने हाम्रो सपना हो। मलाई लाग्दैन कि युवा कप्तान हुनु कुनै समस्या हो, किनकि मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ। सिनियरलाई सँगै पाएकोमा धन्य छु।’

‘‘उहाँको नेतृत्वमा खेलाडीहरूले धेरै फाइदा उठाएका छन्। हामी क्वालिफायरका लागि तयार छौं र खेलाडीहरू राष्ट्रको प्रतिनिधित्वन गर्न पाउँदा गर्व महसुस गरिरहेका छन्,’ प्रशिक्षक पुबुदु दासानायकेको प्रसंशा गर्दै सन्दीपले भने। सन् २०१४मा नेपालले पहिलो पटक विश्वकप खेल्दा पुबुदु नै मुख्य प्रशिक्षक थिए। 

नेपालले शुक्रबार ओमानसँग खेल्दे विश्वकप छनोटका यात्रा सुरु गर्ने छ।  नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा खेल्ने छ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। यी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह १  नेपालसँगै ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह २मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन छन्।

दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने २ टिमले अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्नेछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या