२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली टिम सन्तुलित छ, हामीलाई हराउन जुनै टिमलाई कठीन हुन्छ- सन्दीप लामिछाने

२०७८, ५ फाल्गुन बिहीबार ११:५७

फागुन ५, काठमाडौँ । नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ग्लोबल छनोट अघि आईसिसीसँगको कुराकानीमा सन्दीपले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेकाले नेपाललाइ हराउन जुनै टिमलाइ कठिन हुने बताए । उनले नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने विश्वास पनि व्यक्तगरे। 

नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ। नेपाली टिम विश्वकपको ग्लोबल छनोट खेल्नका ओमान पुगेको छ । ग्लोबल छनोटको समूह एमा रहेको नेपालले फाइनल पुग्दै टि–२० विश्वकप खेल्ने लक्ष्य बनाएको छ। 

कुराकानीमा सन्दीपले नेपाली टिममा सिनिय र खेलाडीको समिश्रण भएकाले विश्वकप खेल्ने राम्रो सम्भावना देखेको उल्लेख गरे । उनले भने, ‘सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरु टिमले नेपाललाई हराउन कठिन छ। हामीले विश्वकपमा छनोट हुने राम्रो सम्भावना देखेका छौं।’

सन्दीपले टी–२० फर्म्याटमा टेस्ट खेल्ने प्रतिद्वन्द्वी वा एसोसिएट टिम जोसँग खेले पनि खासै फरक नपर्ने बताए । उनले कप्तानका रुपमा आफूमा धेरै जिम्मेवारी भएको बताए ।  ‘एक कप्तानको रूपमा मेरो काँधमा धेरै जिम्मेवारी छ । र म यसलाई यादगार बनाउन चाहन्छु,’ सन्दीपले भने, ‘विश्वकप खेल्ने हाम्रो सपना हो। मलाई लाग्दैन कि युवा कप्तान हुनु कुनै समस्या हो, किनकि मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ। सिनियरलाई सँगै पाएकोमा धन्य छु।’

‘‘उहाँको नेतृत्वमा खेलाडीहरूले धेरै फाइदा उठाएका छन्। हामी क्वालिफायरका लागि तयार छौं र खेलाडीहरू राष्ट्रको प्रतिनिधित्वन गर्न पाउँदा गर्व महसुस गरिरहेका छन्,’ प्रशिक्षक पुबुदु दासानायकेको प्रसंशा गर्दै सन्दीपले भने। सन् २०१४मा नेपालले पहिलो पटक विश्वकप खेल्दा पुबुदु नै मुख्य प्रशिक्षक थिए। 

नेपालले शुक्रबार ओमानसँग खेल्दे विश्वकप छनोटका यात्रा सुरु गर्ने छ।  नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा खेल्ने छ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। यी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह १  नेपालसँगै ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह २मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन छन्।

दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने २ टिमले अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्नेछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी