२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानविरुद्ध नेपालको खराब सुरुवात, दुबै ओपनर आउट

२०७८, ६ फाल्गुन शुक्रबार ०७:१३

फागुन ६, काठमाडौँ । नेपालले आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खराब सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालले तेस्रो ओभरमै दुबै ओपनरलाई सस्तैमा गुमाएपछि खराब सुरुवात गरेको हो । नेपालका ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित छन् ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो ओभरमा ६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट क्याच आउट हुन पुगे । आसिफले ५ बलमा १ चौका सहित ४ रन जोडे ।

कुशल बिलाल खानको तेस्रो ओभरको चौथो बलमा मिडविकेटमा ५ रनमा खवर अलीबाटनै क्याच आउट भए । कुशलले ८ बलमा १ चौका प्रहार गरे । बिलाल खानले दुई विकेट लिएसँगै घरेलु टोली ओमानले राम्रो सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने