७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको खराब ब्याटिङ, १८ ओभरमा ७ विकेट गुमाएर ९१ रनमा खेल्दै

६ फाल्गुन २०७८, शुक्रबार ०७:३३

फागुन ६, काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खराब सुरूआत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ।

नेपालका आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, विवेक यादव र कमल सिंह ऐरी आउट भए।

पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल ५ रनमा गुमायो। केही सम्हालिएर खेल्दै गरेका ज्ञानेन्द्र  मल्लले १५ रन बनाए भने ऐरीले ११ रन जोडे।

यसपछि नेपाली इनिङ्स उकास्दै गरेका लोकेश बम व्यक्तिगत १६ रन बनाएर आउट भए। १६ औं ओभरको अन्तिम बलमा विवेक यादव ७ रन बनाएर आउट भए। यस्तै कमल सिंह ऐरीले १ रन बनाएर आउट भए। 

अहिले क्रिजमा कप्तान सन्दिप लामिछाने र आरिफ शेख छन्।

यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या