७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमाथि नेपालको शानदार जित

६ फाल्गुन २०७८, शुक्रबार ०९:२२

फागुन ६, काठमाडौँ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ओमानले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोडे। यस्तै कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए। यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडेका थिए।

बलिङतर्फ ओमानका लागि खवर अलीले ३ विकेट लिए। यस्तै बिलाल खानले २ तथा फय्याज बट र जिशान मकसूदले १-१ विकेट लिए।

११८ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटियो।

नेपाललाई जित दिलाउन कमल ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई तथा जितेन्द्र मुखिया र अविनाश बोहोराले एक–एक विकेट लिए।

ओमानका नशिम खुशीले २४ रन बनाए पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या