७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याउदै नेपाल

९ फाल्गुन २०७८, सोमबार ११:२२

फागुन ९, काठमाडौँ । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।

खेलमा नेपालले क्यानडालाई १५ ओभरको खेलमा अलआउट गर्न सफल भयो । 

खेलको पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नादिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । 

खेलमा क्यानडका १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवाल १८ रनमा आउट भए । ओपनर स्पोर्स शून्यमा आउट भएपनि धालिवाल र रयान खान पठानले राम्रो सुरुवात दिलाएका थिए। कमलले नै कप्तान नवनित धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराए । कमलले पाँचौं ओभरको तेस्रो बलमा क्यानडाका प्रमुख ब्याटर धालिवाललाई पेभेलिएनको बाटो देखाए । उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यो समय क्यानडा ४.३ ओभरमा ३५–२ को अवस्थामा थियो । त्यसपछि क्यानडा निरिह बन्दै गयो । 

खेलमा सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट लिए। नेपाल यो जितसँगै शीर्ष स्थानमा रहेर समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा नेपालले समूह ए को उपविजेता युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या