२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाल-युएई भिड्दै: जिते विश्वकपमा, हारे विश्वकपको यात्रा अनिश्चित

२०७८, १० फाल्गुन मंगलवार ०५:४२

फागुन १०, काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको खेल अन्तर्गत आज नेपाल र युएई बीचको महत्वपूर्ण खेल हुँदैछ । जारी खेलको लगातार तीन खेलमा अपराजित नेपालले यूएईसँग आज अपराह्न पौने चार बजे खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पक्का समेटिनेछ । हारेमा भने नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष कुर्नु पर्नेछ ।

नेपाल समूह ‘बी’ मा तीनै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । यूएई भने सुरुको दुई खेल जितेर अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । आजै अर्को सेमिफाइनल खेल पनि हुँदैछ, जुन खेलमा समूह ‘ए’ को विजेता आयरल्याण्डले समूह ‘बी’ को उपविजेता घरेलु टोली ओमानसँग खेल्नेछ । आजैको खेल नतिजाले दुवै सेमिफाइनलका विजेता टी-२० विश्वकपमा पुग्नेछन् ।


नेपाल र यूएईले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसपछिका दुई संस्करणमा भने यी दुवै टोली छनोट हुन सकेनन् । 

जारि ग्लोबल क्वालिफायरअघि तयारी स्वरुप खेलिएको चार देशीय सिरिजमा नेपाल र यूएई पछिल्लो पटक खेलेका थिए । जसमा यूएईसँग नेपाल २५ रनले पराजित भएको थियो । 

नेपालले जारी खेलको तीन खेलमा अपराजित यात्रा तय गर्ने क्रममा समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले पराजित गरेको थियो । 

नेपाल र यूएई टी-२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २-२ खेल जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी