७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाल-युएई भिड्दै: जिते विश्वकपमा, हारे विश्वकपको यात्रा अनिश्चित

१० फाल्गुन २०७८, मंगलवार ०५:४२

फागुन १०, काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको खेल अन्तर्गत आज नेपाल र युएई बीचको महत्वपूर्ण खेल हुँदैछ । जारी खेलको लगातार तीन खेलमा अपराजित नेपालले यूएईसँग आज अपराह्न पौने चार बजे खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पक्का समेटिनेछ । हारेमा भने नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष कुर्नु पर्नेछ ।

नेपाल समूह ‘बी’ मा तीनै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । यूएई भने सुरुको दुई खेल जितेर अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । आजै अर्को सेमिफाइनल खेल पनि हुँदैछ, जुन खेलमा समूह ‘ए’ को विजेता आयरल्याण्डले समूह ‘बी’ को उपविजेता घरेलु टोली ओमानसँग खेल्नेछ । आजैको खेल नतिजाले दुवै सेमिफाइनलका विजेता टी-२० विश्वकपमा पुग्नेछन् ।


नेपाल र यूएईले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसपछिका दुई संस्करणमा भने यी दुवै टोली छनोट हुन सकेनन् । 

जारि ग्लोबल क्वालिफायरअघि तयारी स्वरुप खेलिएको चार देशीय सिरिजमा नेपाल र यूएई पछिल्लो पटक खेलेका थिए । जसमा यूएईसँग नेपाल २५ रनले पराजित भएको थियो । 

नेपालले जारी खेलको तीन खेलमा अपराजित यात्रा तय गर्ने क्रममा समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले पराजित गरेको थियो । 

नेपाल र यूएई टी-२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २-२ खेल जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या