७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोटको तेस्रो स्थानका लागि ओमानविरूद्धको खेलमा ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य

१२ फाल्गुन २०७८, बिहीबार ११:३९

फागुन १२, काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा ओमानविरूद्धको तेस्रो स्थानको प्ले अफ खेल जित्न ८८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले पुरा २० ओभर खेली ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो ।

ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरी नेपालले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । कश्यप प्रजापति ५, शोएब खान ३, मोहम्मद नदिम १ रनमै आउट भए ।

कप्तान जिशान मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बल खेली ३ चौका प्रहार गरे । अयान खान १६ र निशाम खुशी १५ रनमा आउट भए । कलिमुल्लाह एक छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे ।

कप्तान सन्दीप लामिछाने पुन एकपटक नेपालको प्रमुख बलरमा रहे । उनले ४ ओभरमा १३ रनमात्र खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।

नेपाल सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएर विश्वकप दौडबाट बाहिरिएको थियो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा सजिलै ५६ रनले पराजित भएको थियो । विश्वकपमा स्थान पक्का गरिसकेका आयरल्यान्ड र यूएई बिहीबार नै फाइनल खेल्दै छन् ।

नेपाली टोलीमा जितेन्द्र मुखियाको स्थानमा सागर ढकाललाई खेलाइएको छ । देव्रेहाते स्पिनरको सागरको ओमान भ्रमणमा यो दोस्रो खेल हो । ओमानसँग चारदेशीय शृंखलबाट सागरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

ओमान भ्रमणमा नेपाल र ओमान तेस्रो पटक आमने सामने हुन लागेका हुन् । दुवै खेल नेपालले जितेको थियो । चारदिवसीय ट्वान्टी–२० शृंखलमा नेपालले फेब्रुअरी ११ मा ओमानलाई ६ विकेटले र फेब्रुअरी १८ मा विश्वकप छनोटको पहिलो खेलमा ३९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या