७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’

२० फाल्गुन २०७८, शुक्रबार ०९:२४

फागुन २०, काठमाडौँ । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ ।

जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ ।

काठमाडौँमा आज पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिनुभयो । अहिले आयोजना हुने म्याराथन तेस्रो रहेको जनाइएको छ । 

यसअघि विसं २०७५ मा पहिलो र २०७६ मा दोस्रा संस्करणको खेल आयोजना गरिएको थियो । कोरोनाका कारण विसं २०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।  

समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफेँ लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा समापन हुने जनाइएको छ । 

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन् । विगतमा पुरुष र महिला गरी ३४७ खेलाडीसम्मको सहभागिता रहेको यस खेलको यसपालिको संस्करणमा पनि सोही हाराहारीमासहभागिता हुने अपेक्षा राखिएको छ । 

आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई रु एक लाख पुरस्कार दिइएकामा यसपालि सोभन्दा बढीको पुरस्कार राशि राखिने भए पनि घोषणा हुन भने बाँकी रहेको जनाइएको छ । यसपालि उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन् । म्याराथन सम्पन्न गर्न रु ५० लाख लाग्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुन विदेशीले रु चार हजार ५०० र नेपालीले रु एक हजार ६०० शुल्क तिर्नुपर्नेछ । सो रकमबाट  रारातालको बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ । आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ । 

पत्रकार सम्मेलनमा क्लबका संरक्षक ओलम्पियन तथा अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हरिबहादुर रोकायाले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगको खाँचो रहेको औँल्याउनुभयो । सडकमार्गका कारण पदमार्ग जोखिममा परेको भन्दै सहभागिहरुले संरक्षणको माग गरेका छन् । 

पत्रकार सम्मेलनमा कलाकार निश्चल बस्नेत, नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्ट लगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या