७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहित र आरिफको शतकीय साझेदारीसँगै सम्हालिँदै नेपाल

२ चैत्र २०७८, बुधबार १२:१७

चैत २, काठमाडौँ । विश्वकप क्रिकेट लिग टू अन्तर्गतको एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको २०५ रनको लक्ष्य पाएको नेपाल ब्याटिङमा केही सम्हालिएको छ । ४२ रन बनाउन ४ विकेट गुमाएको नेपाल ३१ ओभरमा थप विकेट नगुमाइ ११९ रन बनाएको अवस्थामा पुगेको छ ।नेपाल दबाबमा परेका बेला ब्याटिङको जिम्मेवारी पाएका रोहित र आरिफले सुझबुझपूर्ण ब्याटिङ गरिरहेका छन् ।

नेपालका रोहितकुमार पौडेलले ५० रन पूरा गरेका छन् । यो उनको एक दिवसीयमा चौथो अर्ध शतक हो । आरिफ शेख २९ रनमा नटआउट छन् । रोहितले ७१ बलमा ४ चौकासहित नटआउट ५० रन बनाएका हुन् ।

नेपाललाई अब जितका लागि १८ ओभरमा ८६ रन आवश्यक छ ।

नेपालले टिमको स्कोर १ रन हुँदा नै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । टीमको स्कोर छ रन हुँदा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी ८ रनमा आउट हुँदा नेपालको स्कोर २४ रन थियो । नेपालको स्कोर ४२ रन हुँदा चौथो विकेटका रुपमा आशिफ शेख आउट भए । उनले ४० बलमा १६ रन बनाए ।

पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको छ ।

नेपालका सोमपाल कामीले ३ तथा आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले एक एक विकेट लिए । १० ओभर बलिङ गरेको दिपेन्द्र सिंह ऐरीले विकेट लिन सकेनन् । उनको बलिङ भने किफायती रह्यो उनले १० ओभरमा मात्र ३० रन दिए । १० ओभर नै बलिङ गरेको सन्दीपले पनि ३० रन खर्चिए ।

२ ओभर मात्र बलिङको मौका पाएका ज्ञानेन्द्रले ६ रन खर्चिएर १ विकेट लिए । यो उनको एकदिवसीय क्रिकेटमा पहिलो विकेट हो । पीएनजीका चार्ल्स अमिनीले ५९ रन बनाए ।

नेपालले प्रतियोगितामा यो तेस्रो शृंखला खेलिरहेको छ। श्रृंखलामा नेपाल, पपुवा न्युगिनी र यूएई छन् । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटसँग सम्बन्धित यो प्रतियोगिता अन्तर्गत नेपालले मार्च १८ र २१ मा यूएई तथा २२ मा पीएनजीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या